नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

पशु क्वारेन्टाईन कार्यालय

नेपालगंज, बाँके


स्वागत छ पशु क्वारेन्टाईन कार्यालयमा

नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्रको हैसियतले विश्व पशु स्वास्थ्य संगठन (OIE) को मार्गदर्शनहरु, विश्व व्यापार संगठन (WTO) संग सेनेटरी र फाईटोसेनेटरी प्राबधानहरु (SPS Measures) लागू गर्न भएको संम्झौता अनुरुप आयात निर्यात, ओसारपसार गरिने पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीबाट देशमा रोग भित्रिन नदिन र जनधनको क्षति हुन नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट जारी भएका जोखिम बिश्लेषण, खाद्य परिक्षण, प्रयोगशाला परिक्षण लगायतका सम्बन्धित क्वारेन्टाईन मापदण्डहरुलाई आधार मानी आयात निर्यात प्रकृयालाई नियमित तथा व्यवस्थित गर्नका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ तथा सो को नियमावली २०५६ मा उल्लेख गरिएको क्वारेन्टाईन सम्बन्धी ब्यवस्थालाई कार्यान्वयनमा ल्याउनको लागि यस कार्यालयको ब्यवस्था गरिएको हो । बि.सं. २०५० साल बाट मध्यपश्चिम क्षेत्रमा बांकेको नेपालगंजमा पशु क्वारेन्टाईन चेकपोष्टको स्थापना भएको र बि.सं. २०६१ बाट पशु क्वारेन्टाईन कार्यालयको रुपमा संचालन गरिएको हो ।

अरु पढ्नुहोस

कानूनी दस्तावेज

जानकारी

डाउनलोड

शिर्षक

    फोटो ग्यालरी