नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग
पशु क्‍वारेन्टाईन कार्यालय
नेपालगंज, बाँके
परिचय

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न विभागहरू मध्ये पशु सेवा विभाग अन्तर्गतको आठ वटा क्वारेन्टाईन कार्यालयहरू मध्येको एक पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज, बाँके हो। यो कार्यालय लुम्बिनी प्रदेशको बाँके जिल्ला अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका-१३, रामलीला मैदान नजिक स्थित छ । मुलुकमा संघीयता कार्यान्वयन पछिको राजनैतिक विभाजन अनुसार लुम्विनी प्रदेश अन्तर्गत पर्ने बांके, बर्दिया र दाङ्ग जिल्ला यस कार्यालयको कार्यक्षेत्र रहे तापनि कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेश मध्येकै सब भन्दा ठुलो व्यापारिक केन्द्र नेपालगञ्ज उपमहानगरपालिका रहेको हुँदा व्यापार रणनीतिको दृष्टिकोणले, पूर्व पश्चिम राजमार्ग बाँके जिल्ला हुँदै गएको अवस्था रहेकोले र कर्णाली प्रदेशमा प्रवेश गर्ने एकमात्र वाटो रत्न राजमार्ग यसै जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाबाट शुरू भई जिल्ला अन्तर्गतकै कोहलपुर नगरपालिका भएर जाने भएकोले यस कार्यालयबाट प्रवाह हुने विभिन्न प्रकारका सेवाहरूको प्रत्यक्ष असर कर्णाली प्रदेशमा पनि पर्छन् ।


उदेश्य


- वाह्य मुलुकबाट भित्रिन सक्ने नवीनतम तथा अन्य संक्रामक रोगहरुको प्रवेश रोक्ने ।
- पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आयात निर्यातलाई व्यवस्थित गर्ने ।
- देशभित्र कुनै संक्रामक रोग फैलिएमा सम्बन्धित पशु सेवा कार्यालय तथा अन्य सरोकारवाला निकायहरुसँग समन्वय गरी रोकथाम र नियन्त्रण गर्ने ।
- वाह्य मुलुकबाट भित्रिन सक्ने संक्रामक रोगहरूको बारेमा जनचेतना अभिवृद्धि गर्ने ।
- रोग निदान र नियन्त्रणमा पशु सेवा कार्यालय तथा पशु रोग अन्वेषण प्रयोगशालाहरूलाई आवश्यक सहयोग गर्ने ।
- पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्री तथा रोगहरुको तथ्याङ्ग अद्यावधिक राखी भेटेरिनरी ईपिडेमियोलिजी केन्द्रमा पठाउने ।
- पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ र ऐ. नियमावली, २०५६ मा भएका क्वारेन्टाईन सम्बन्धी व्यवस्थाहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।